• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फोडे र मार्टिन्स चम्किदा रोलिङ सेमिफाइनलमा
नमीन ढकाल
सोमबार, चैत २१, २०७८ नमीन ढकाल
फोडे र मार्टिन्स चम्किदा रोलिङ सेमिफाइनलमा

इटहरी । अफ्रिकन खेलाडी फोडे फोफाना र अजयी मार्टिन्सले गोल गरेपछि रोलिङ क्लब धुलाबारीले १२ औं संस्करणको इटहरी गोल्डकपमा विजयी सुरुआत गरेको छ ।

इटहरी रंगशालामा भएको तेश्रो क्वाटरफाइनलमा रोलिङले पाहुना टोली एभेनिर फुटबल क्ल्ब क्यामरुनलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

रोलिङको जितमा फोफाना र मार्टिन्सले गोल गरेका थिए । एभेनिरका केनीले सान्त्वना गोल फर्काए ।

खेलमा सुरुआती अग्रता एभेनिरले लिएको थियो । २७ औं मिनेटमा रोलिङका गोलरक्षक मनोज प्रधानको हातबाट फुत्किएको बललाई केनीले जाली चुमाए ।

त्यसको १ मिनेट नबित्दै फोफानाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा मार्टिन्सले गोल गर्दै रोलिङलाई २-१ को जित दिलाए । एभेनिरका डिफेन्डर बेलको कमजोरीको फाइदा उठाउँदै मार्टिन्सले पोष्टको दिशा दिए ।

No description available.

त्यसबाहेक खेलमा दुवै टिमले केही राम्रा मुभहरु बनाएपनि सदुपयोग गर्न सकेनन् । ९ औं मिनेटमा फोफानाको सशक्त हेडरलाई गोलरक्षक रोड्रिग्यूले नियन्त्रणमा लिए । २६ औं मिनेटमा एभेनिरका गोलरक्षक हातबाट फुत्किएको बललाई सन्जोग राईले खाली पोष्टमा गोल गर्न सकेनन् ।  

३० औं मिनेटमा रोलिङका मार्टिन्सको एक्रोबेटिक प्रहार बाहिरियो । ६० औं मिनेटमा मनिष थापाको क्रसमा सन्जोगले गरेको हेडरले जाली चुम्न सकेन् । ६३ औं मिनेटमा रोलिङका गोलरक्षक मनोजलाई फाउल गरेपछि बोरिसले पहेलो कार्डको दर्शन गरे ।

७० औं मिनेटमा वान भर्सेस वानको अवस्थामा बोरिस अग्रता दिलाउनबाट चुके । खेलको म्यान अफ दि म्याच रोलिङका डिफेन्डर पिटर सेगुन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

जितसंगै रोलिङले फाइनल प्रवेशका लागि बुधबार विभागीय टोली त्रिभुवन आर्मीलाई प्रतिद्धन्द्धी पाएको छ ।

खेलपछि पत्रकारहरुसंग कुरा गर्दै एभेनिरका प्रशिक्षक आशिक थापा मगरले डिफेन्डरको कमजोरीको कारण पराजित भएको बताए । उनले खेल मैदान नबुझेको कारण खेलाडीहरुको फिनिसिङ आउन नसकेको बताए ।

मगरले क्यामरुनका खेलाडीहरुलाई घाँसे मैदानको अनुभव कम भएकाले अपेक्षा अनुरुप नभएको बताए । उनले खेलाडीहरु अनुशासित नभएकाले नेपालमा खेलिएका धेरै जसो प्रतियोगितामा पराजय भोगेको भन्ने गैर जिम्मेवारपुर्ण जवाफ दिए । उनले आफ्ना खेलाडीहरु रातभरी मोवाइलमा व्यस्त भइदिएको गुनासो गरे ।

‘रातभरी मोवाइलमा हुन्छन् यहाँ रातको ११ बज्दा उनीहरुको विहान हुन्छ अब परिवारसंग कुरा नगर भन्न पनि मिलेन्,’ उनले भने ।

उता रोलिङका प्रशिक्षक सुजन गुरुङले विपक्षी टिम राम्रो भएको बताए । उनले ग्राउन्डको कारणले पहिलो गोल व्यहोरेको बताए । मिडफिल्डमा कमजोरी भएको बताउँदै एरिया कभर नभएको बताए । खेपका कारण खेलाडीहरुले लगातार खेल भएकाले थाकेको उनले बताए । उनले लगातार खेलका कारण इन्जुरीको समस्या देखिएको बताए ।

उनले खेलाडीहरुलाई सम्झौता गरेर नराखेको कारण लगातार प्रतियोगिता खेलाउनुपर्ने बाध्यता रहेको सुनाए । उपलब्ध खेलाडी समेटेर टिम तयार भएको गुरुङले बताए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सगरमाथा युथ क्लब मोरङ बिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा यसअघि विभागीय टोली त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
उपविजेता टोली स्वदेश फिर्ता
उपविजेता टोली स्वदेश फिर्ता
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP