काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विरगंज युनाईटेडले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विरगंजले झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ४३ औं मिनेटमा विवेक चौधरीले गोल गर्दै विरगंजलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७६ औं मिनेटमा संजय रम्तेलले गोल गर्दै झम्सिखेललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा कृपाकान्त थारु महतोले गोल गर्दै विरगंजलाई २-१ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा शन्तविर तामाङले रातो कार्ड पाएपछि झम्सिखेल १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै विरगंजले १२ खेलमा १६ अंक जोडेको छ ।
झम्सिखेलले १२ खेलमा ९ अंक जोडेको छ ।