काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा नयाँबस्ती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नयाँबस्ती र टुसालले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलमा सुरुआती अग्रता भने टुसालले बनाएको थियो । खेलको ८८ औं मिनेटमा सुनिल तामाङले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै नयाँबस्तीले ११ खेलमा १५ अंक जोडेको छ ।
टुसालले ११ खेलमा १४ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।