काठमाडौं । म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक लुइस भान गाललाई क्यान्सर देखा परेको छ ।
डच प्रशिक्षक गालले आफुले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् ।
डच टेलिभिजनको एक कार्यक्रम दौरान उनले आफुले क्यान्सरको उपचार गराईरहेको बताएका हुन् ।
भान गाल नेदल्यान्ड्सको मुख्य प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा नेदरल्यान्ड्सले कतार विश्वकपमा स्थान बनाईसकको छ ।
उनले युनाईटेड, बार्सिलोना, बायर्न म्युनिख र आयाक्स लगायतका क्लब हेरिसकेका छन् ।