काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको हो ।
इन्टरलाई जित दिलाउन हाकन काल्हानोग्लुले निर्णयक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । जुन गोल इन्टरको जितमा निर्णायक बन्यो ।
यस जितसँगै इन्टरले ३० खेलमा ६३ अंक जोडेको छ ।
इन्टर तेस्रो स्थानमा रहेको छ ।
युभेन्ट्स ५९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।