काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरे ।
पेड्रीले खेलको ७२ औं मिनेटममा डेम्बेलेको पासमा गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले २९ खेलमा ५७ अंक जोडेको छ ।
बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
सेभिया ५७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।