काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले न्युकासल युनाईटेडलाई ५-१ गोल अन्तरले हराएको हो ।
टोटेनहमले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको ३९ औं मिनेटमा फाबियनले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा बेन डेभिसले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।

४८ औं मिनेटमा माट डोहर्टीले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।
खेलको ५४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।
६३ औं मिनेटमा इमर्सन रोयलले गोल गर्दै टोटेनहमको अग्रता ४-१ को बनाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा स्टिभेन बेर्जविजनले गोल गर्दै टोटेनहमलाई ५-१ को जित दिलाए ।
जितसँगै टोटेनहमले ३० खेलमा ५४ अंक जोडेको छ ।
टोटेनहम चौंथो स्थानमा रहेको छ ।
न्युकासल ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्याम युनाईटेडले एभर्टनलाई २-१ ले हराएको छ ।