काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।
चितवनको भरतपुरमा आइतबार भएको खेलमा पुलिसले वालिङ नगरपालिकालाई ३-१ गोल अन्तरले हराएको हो।
पुलिसको जितमा निर्मला बिकले दुई गोल गरिन् । अमृता जैशीले एक गोल थपिन ।
वालिङकी सुष्मा जिटीले एक गोल फर्काईन ।
जितसँगै पुलिसले ४ खेलमा ९ अंक जोडेको छ ।
पुलिस तेस्रो स्थानमा रहेको छ ।
अंक विहीन वालिङ पुछारमा रहेको छ ।
अर्को खेलमा विराटनगर महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ५-१ ले हराएको छ ।
विराटनगरको जितमा मिना खातुन,सदिपा भोलान,अश्मिता चौधरी र इमा राईले एक एक गोल गरिन् ।
ललितपुरका लागि सिर्जना सिंहले एक गोल फर्काईन ।
जितसँगै विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।
विराटनगर चौंथो स्थानमा रहेको छ ।
ललितपुर ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।