काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा खुमलटारले ब्वाइजसँग १-१ गोलको बराबरी खेलेका छन् ।
खेल सुरुआती अग्रता जोगाउन नसक्दा खुमलटार बराबरीमा रोकिएको हो ।
खेलको ५६ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७९ औं मिनेटमा मिलन लिम्बुले गोल गर्दै ब्वाइजलाई हारबाट जोगाए ।
यस बराबरीसँगै खुमलटारले ११ खेल १६ अंक जोडेको छ ।
ब्वाइजले ११ खेल १० अंक जोडेको छ ।
अर्को खेल सामाजिक युथ क्लब र सरस्वती युथ क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।