सिटीको सहज जित
शनिबार, १९ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २५ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै सिटीले ३० खेलमा ७३ अंक जोडेको छ ।
बर्नली २१ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
सिटीको सहज जित





-1775788668970.webp&w=3840&q=75)








