• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'नेपालको विकेट ब्याटिङको लागि एकदम मिठो छ'
विश्वास थापा
शनिबार, चैत १९, २०७८ विश्वास थापा
'नेपालको विकेट ब्याटिङको लागि एकदम मिठो छ'

काठमाडौं । पछिल्लो दुई हप्तामा नेपालले घरेलु मैदानमा उत्कृष्ट ब्याटिङ गर्दै आएको छ । नेपालले दुई हप्तामा घरेलु मैदानमा ६ खेल खेलिसकेको छ । नेपालले दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा चार टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको छ । नेपालले एकदिवसीयमा सबै खेल हार्दा टी-ट्वान्टीमा सबै खेल जितेको छ ।

खेलेको ६ खेलमा नेपालले सानदार ब्यटिङ गर्यो । सबै खेल गरेर तीन शतक र चार अर्धशतक बनायो। पपुवा न्युगिनीविरुद्ध एकदिवसीयको पहिलो खेलमा रोहित पौडेलले १ सय २६ रन बनाउँदै शतक प्रहार गरे । लगत्तै अर्को खेलमा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रनको शतकीय इनिङ खेले । दुई खेलमा दुई खेलाडीले घरेलु मैदानमा शतक प्रहार गरेको यो पहिलो पटक हो । शतक प्रहार भएपनि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग दुवै खेलमा पराजय भोग्यो । दुई खेलमा नेपालले ५ सय ६४ रन बनायो । 

त्रिकोणात्मक टी-ट्वान्टी अनतर्राष्ट्रिय सिरिजमा समेत नेपालले राम्रो ब्याटिङलाई निरन्तरता दियो । नेपालले चार खेलमा ७ सय २६ रन बनाएको छ । जसमा नेपालका ३ खेलाडीले अर्धशतक र एक शतक बनाए ।

May be an image of 1 person, playing a sport and text

रोहितले मलेसियाविरुद्ध आफ्नो करियरको पहिलो टी-ट्वान्टी अनतर्राष्ट्रियको अर्धशतक बनाउँदा दिपेन्द्रले १ सय १० रनको अविजित शतकीय इनिङ खेल्दै टी-ट्वान्टी अनतर्राष्ट्रियमा एक इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने ।

त्यसअघि पीएनजीविरुद्ध दिपेन्द्रले ६६ रनको अर्धशतकीय इनिङ खेलेका थिए । दिपेन्द्रले ८ दिनमा २ शतक र १ अर्धशतक बनाएका हुन् । नेपालमा सिरिज सुरु हुनु अघि नेपालले यूएईमा आईसीसी विश्वकप लिग टु खेल्दा दिपेन्द्र खराब लयमा थिए । तर नेपाल आएसँगै दिपेन्द्रले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । त्यसको श्रय नेपाली कप्तान सन्दीप लामिछानेले पिचलाई समेत दिएका छन् ।

'जुन तरिकाले १३/१४ ओभरको खेल चल्दै थियो, मलाई लागेको थियो की २ सय ३५ सम्म पुग्छ होला लागेको थियो तर २ सय २३ रन समेत एक ठुलो स्कोर नै हो । अझै पनि हामीले केहि रन थप गर्न सक्नु पर्थ्यो । सुरुमा २ विकेट गुमाएर पनि यहाँ सम्म पुग्नु एकदम ठुलो सफलता हो ।' टी-ट्वान्टी अनतर्राष्ट्रिय सिरिजको मलेसियाविरुद्धको खेलपछि भने, 'यो राम्रो लक्षण हो कि नेपालमा विकेटहरु राम्रो पाइराखेका छौं, ब्याटिङको लागि राम्रो छ । तर बलरहरुलाई यो विकेटमा गारो छ । आउने दिनहरुमा विकेटहरु राम्रो भइराख्यो भने क्रिकेटको लागि राम्रो हुन्छ ।' 

यस्तै अहिलेको त्रिविको विकेटले बलरहरुलाई गारो हुने समेत सन्दीपले बताए । 'विकेट राम्रो छ, बलरले एक इन्चपनि तलमाथि बल फाल्यो भने त्यो बलरहरुको लागि एकदम नराम्रो हुन्छ । विकेट ब्याटिङको लागि एकदम मिठो छ, एकदम राम्रो विकेट छ ।' सन्दीपले थपे, 'गत वर्ष खेलेको सिरिजमा भन्दा पनि एकदम राम्रो विकेट छ । त्यसैले बलरहरुले आफ्नो योजनालाई राम्रोसँग लागु गर्नु जरुरी छ । एउटा सानो गलत बलले बाउन्ड्री जान सक्छ ।'  

May be an image of 3 people, people playing sports, people standing, grass and text

सन् २०२१ मा नेपालले नेदरल्याण्ड र मलेसियासँग त्रिकोणात्मक सिरिज खेलेको थियो । उक्त सिरिजमा समेत नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै सिरिज जितेको थियो ।   

सन्दीपले टिम निकै राम्रो लय र आकारमा रहेको र ब्याटिङ प्रदर्शनले आफुलाई कप्तानको रुपमा सहज भएको समेत बताएका छन् । 'टिम एक दम राम्रो आकारमा छ । सबैजनाले जिम्मेवारी बहन गर्दै छन् ।अझै पनि सुधार गर्नु पर्ने केही कुराहरु छन् ।' उनले थपे, 'विश्वकप छनोटमा हाम्रो ब्याटिङ खासै चलेको थिएन । तर अहिले विकेटले पनि साथ दिएको छ र ब्याटिङ यसरी चल्नु भनेको हाम्रो लागि सकारात्मक लक्षण हो । लिडरको हिसाबमा मलाई यस कुराले सहज बनाएको छ ।'

May be an image of 4 people, people playing sports, people standing, grass and text

विश्वकप छनोट र लिग टुमा ब्याटिङ नचलेको नेपालको घरेलु भूमिमा राम्रो हुनुमा विकेट र ब्याटरको दृष्टिकोण रहेको सन्दीपको बुझाइ छ । 'अहिले ब्याटरको अप्रोच राम्रो छ र त्यसमा विकेटले राम्रो साथ दिएको छ । जब तपाइले यस्तो विकेट पाउनु हुन्छ कन्फिडेन्स आफै आउँछ । बल मज्जाले ब्याटमा आएको छ र चाहेको स्थानमा बल हान्न सक्नु भएको छ भने समय लिगेर पनि लक्ष्य चेज गर्न वा सोचेको लक्ष्य दिन सक्नु हुन्छ ।' उनले भने, ' ओभरअल सबै कुरा मिल्दा ब्याटिङ राम्रो भएको छ । दुवई र ओमानमा खेल्दा खासै रनहरु बनिरहेको थिएन । आउट फिल्डपनि छिटो छ नेपालमा । यस्तो विकेटले गर्दा मलेसिया, पीएनजीले समेत राम्रो ब्याटिङ गरेको छ । यो सत्य हो कि तपाई यो विकेट राम्रो छैन भन्न सक्नु हुन्न । यो पालि विकेट एकदम राम्रो छ ।'  

May be an image of 3 people, people standing, people playing sports and text

घरेलु मैदानमा टी-ट्वान्टी अन्तर्राष्ट्रियको आंकडा नेपालको बलियो छ । नेपालले घरेलु मैदानमा १२ खेल खेल्दा ११ खेलमा सहज जित निकालेको छ । 

नेपालले घरेलु भूमिमा १२ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेपालले ६ पटक २ सय रन पार गरेको छ । सन् २०२१ मा नेपालले नेदरल्याण्डविरुद्ध ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको स्कोर टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल आफ्नो उत्कृष्ट स्कोर हो जुन घरेलु मैदानमा सम्भव भएको थियो ।

घरेलु मैदानमा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दा २ नेपाली खेलाडीले शतक बनाएका छन् । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको लागि ४ खेलाडीले शतक बनाउँदा २ शतक घरेलु भूमिमा सम्भव भएको हो । यस्तै नेपाली खेलाडीले २२ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिमा अर्धशतक बनाउँदा घरेलु मैदानमा मात्र ११ अर्धशतक बनाएको रेकर्ड छ ।

May be an image of 5 people, people playing sports, people standing and grass

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP