• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अपराजित रहँदै नेपाल फाइनलमा 
विश्वास थापा
शनिबार, चैत १९, २०७८ विश्वास थापा
अपराजित रहँदै नेपाल फाइनलमा 

काठमाडौं । नेपाल अपराजित रहदै त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल पुगेको छ ।

सिरिजको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल अपराजित रहेर फाइनल पुगेको हो ।  

त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो ।

मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । आक्रामक इनिङ खेलेका भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरे । कमल सिंह ऐरीको बलमा भिरनदिपले फ्लिक गरेको बल डिप मिडविकेटमा आसिफ शेखले उफ्रेर क्याच गर्दा अर्धशतकबाट ३ रनले पछि परे । 

मलेसियाका ओपनर जुबाईदी जुल्कफ्ले कमलको बलमा डक भए । कप्तान आहमद फैजले ३१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन बनाए । सेइद अजिजले १३ बलमा १७ रन बनाउँदा शर्भिन मुनियडी १ रनमा रनआउट भए ।

मुहमद अमिर ८ बल खेल्दा १ रन बनाएर स्टम्पिङ भए । मुहमद सेहदतले ८, ऐनोल हफिजले १८ रनको योगदान गरे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए ।

कुशल भुर्तेल र रोहित पौडेलले आफ्नो टी-ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा समान १/१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनाएको थियो ।

दिपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पूरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो ।

यस्तै दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

रोहित पौडेलले समेत टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गरे । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए । ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए ।

आदील अन्सारी ९ बलमा १ छक्का प्रहार गर्दै अन्तिम बलमा १४ रन जोडेर रन आउट भए ।

मलेसियाका मुहमद वाफिक, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहमद अमिरले १/१ विकेट लिए ।

सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्ष स्थानबाट फाइनल पुगेको छ । मलेसिया पराजित भएसँगै सिरिजबाट बाहिरियो ।

फाइनलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने छन् । पीएनजी र मलेसियाले समान खेलमा समान १ जित निकालेपनि नेटरनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो ।    

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP