कतार विश्वकप : उद्घाटनमा कतार र इक्वेडर भिड्ने
शुक्रबार, चैत १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ ।
फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडर प्रतिद्वन्दी पाएको हो ।
नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
यस्तै पहिलो दिन थप तीन खेलहरु हुनेछन् ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।
कतार विश्वकप : उद्घाटनमा कतार र इक्वेडर भिड्ने
















