युनाईटेडसँग फर्नान्डेजको नयाँ सम्झौता
शुक्रबार, चैत १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
पोर्चुगिज मिडफिल्डर लिस्बनबाट २०२० मा युनाईटेड आएका थिए । उनको सम्झौता अझै ३ वर्ष बाँकी रहेको छ ।
तर, सम्झौता नसकिदै फर्नान्डेजले नयाँ सम्झौता गरेका हुन् ।
अब फर्नान्डेज २०२६ सम्म युनाईटेडमा रहने छन् ।
२७ वर्षीय फर्नान्डेजले युनाईटेडका लागि १ सय १७ खेलमा ४९ गोल गरिसकेका छन् ।
युनाईटेडसँग फर्नान्डेजको नयाँ सम्झौता
















