नवराज चौलागाई
निजगढ । निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि नवजनजागृती युवा क्लब सिमरा बारा र नेपाल खेलकुद क्लब रौतहटबिच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार भएको दोसो सेमिफाइनलमा बारा-११ लाई २-० गोल अन्तरले पराजित गर्दै नवजनजागृतीले फाइनलमा नेपाल खेलकुदसँगको भेट पक्का गरेको हो ।
नवजनजागृतीमाथी पहिलो हाफमा हाबी देखिएको बारा-११ ले दोस्रो हाफमा लय गुमाउदा पराजित हुन पुग्यो ।
नवजनजागृतिको जितमा मोहित गुरुङले ५३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसपछि ६९ औं मिनेटमा नवजनजागृतिका सुशान्त तामाङले गोल गर्दै २-० को जित दिलाए ।
खेलको म्यान अफ द म्याच नवजनजागृतीका कप्तान रोहन तामाङ घोषित भए । म्यान अफ द म्याच घोषित तामाङले दुई हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो सेमिफाइनलमा निजगढलाई पराजित गर्दै नेपाल खेलकुद फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विधागत रुपमा उत्कृष्ट गोलरक्षक,डिफेन्स,मिडफिल्डर,स्ट्राईकर र उच्च गोलकर्ताले पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।