काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा धनगढी उपमहानगरपालिकाले फराकिलो जित निकालेको छ ।
चितवनको भरतपुरमा बिहीबार भएको खेलमा धनगढीले ललितपुर महानगरपालिकालाई ६-० गोल अन्तरले हराएको हो।
खेलको नवौं मिनेटमा अन्जना राईले गोल गर्दै धनगढीलाई सुरुआती अग्रता दिलाएका थिए ।
१० औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा ममता पुनले गोल गरेपछि धनगढी ३-० ले अघि रह्यो ।
५५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरेपछि धनगढीको अग्रता ४-० को बन्यो ।
खेलको ६४ औं मिनेटमा बिर्सना चौधरीले गोल गर्दै टोलीको अग्रता ५-० को बनाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा अनिता लामाले गोल गर्दै धनगढीलाई ६-० को जित दिलाए ।
धनगढीको यो लगातार तेस्रो जित हो ।
जितसँगै धनगढीले ३ खेलमा ९ अंक जोडेको छ ।
धनगढी शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुर ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।