• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
५० खेल, ५० विकेट र ह्याट्रिक !
विश्वास थापा
बिहीबार, चैत १७, २०७८ विश्वास थापा
५० खेल, ५० विकेट र ह्याट्रिक !

काठमाडौं । घरेलु मैदानमा बिहीबार नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० खेलको कोशेढुंगा पूरा गर्यो ।

त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात पार्यो ।

नेपालको ५० औं टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अलराउण्डर करण केसीको ५० विकेट र एकै खेलमा ह्याट्रिकसहित ५ विकेट समेत पूरा भयो ।

नेपालले खेलमा ब्याटिङ तथा बलिङ दुवैमा खुलेर प्रदर्शन गर्यो । २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा छैठौं पटक २ सय रनको आंकडा पार गर्यो । नेपालले घरेलु भूमिमा नेपालले पाँचौं पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा २ सय रन पार गरेको हो ।

टस जितेर पीएनजीले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपालले मध्यम सुरुवात गर्यो । १३ ओभरसम्म नेपालले २ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

१४ औं ओभरमा रोहित पौडेलले चार्ल्स अमिनीलाई २ चौका र १ छक्का प्रहार गर्दा नेपाल ठुलो स्कोरतर्फ बढ्ने छनक देखिएको थियो । तर अर्को ओभरमा रोहितलाई रिले हेकुरेले आउट गरेपछि नेपाल केहि ओभर सुस्तायो । १५, १६ र १७ ओभरमा नेपालले विनाकुनै बाउन्ड्री २१ रन जोड्यो ।

May be an image of 1 person, playing a sport and text

१८ औं ओभरमा नेपाललाई दिपेन्द्रले गियर सिफ्ट गरे । नोरमान भानुअलाई खेलमा ३७ रन बनाएर सेट भएका दिपेन्द्रले लगातार ३ छक्का प्रहार गर्दै आफ्नो चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । सो ओभरको अन्तिम बलमा दिपेन्द्रले चौका प्रहार गर्दै नेपालको खातामा २४ रन बनाए । दिपेन्द्रले दबाएको एक्सेलेरेसनलाई लगत्तै १९ औं ओभरमा डेब्यु खेलाडी आदील अन्सारीले समेत साथ दिए ।

नोसाइना पोकानाको ओभरमा आदीलले पहिलो बलबाटै आक्रमण सुरु गरे । उनले पहिलो बलमा चौका प्रहार गरे । क्रमश: आदीलले पोकानाको बलमा लगातार ३ छक्का प्रहार गरे । ओभरको दोस्रो बलमा मिड अन क्षेत्रमा आदीलले प्रहार गरेको शक्तिशाली प्रहारमा बल दर्शकदीर्घा बाहिरबाट गयो । लगत्तैको तेस्रो बलमा आदीलले 'वाइड आउटसाइड अप स्टम्प'मा रहेको बललाई विश्वस्तरीय सट प्रहार गर्दै कभर क्षेत्रबाट मैदान बाहिर पुर्याइदिए, उक्त बल नोबल समेत रह्यो । 

May be an image of 1 person, playing a sport and text that says 'Second NEPAL Reacher ර1'

'फ्री हिट' मा आदीलले लङ अनमा हेलिकप्टर सट प्रहार गर्दै छक्का प्रहार गरे । चौथो बल समेत हावामा खेल्दा आदीलको क्याच छुट्यो र ३ रन बटुल्न सफल भए । पाँचौ बलमा दिपेन्द्रले बललाई 'थर्डम्यान' माथिबाट ६ रन प्राप्त गरे । नेपालले १९ औं ओभरको ५ बलमा ३२ रन जोड्न सफल भयो । अन्तिम बलमा समेत लामो प्रहार गर्न खोज्दा आउट हुन पुगे ।

नेपालले एकै ओभरमा ३२ रन प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमानमा ४ कीर्तिमानसँग तेस्रो स्थानमा बराबरी गरे । नेपालले मात्र २ ओभरमा ५६ रन जोड्यो । अन्तिम ओभरमा भने नेपालले सोचे अनुरुप रन बनाउन सकेन ।

२० औं ओभरमा ४ रन जोड्न नेपालले ३ विकेट गुमायो । ब्याटिङमा सनसनीपूर्ण ब्याटिङ गरेको नेपालले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्यो ।

बलिङमा करण केसी नायक रहे । पीएनजीको सुरुवाती विकेट लिंदै करणले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाए । उनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्दै नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो खेलाडी बने ।

सन्दीपपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने करण पहिलो र एकल खेलाडी हुन् । करण नेपालको ५० औं टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा खेलमा आफ्नो ५० विकेट मात्र पूरा गरेनन् । उनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक पूरा गर्दै ५ विकेट लिन सफल भए । करणले अन्तिम ओभरको दोस्रो बलमा चाड सोपर, तेस्रो बलमा सिमोन अटाई र चौथो बलमा पोकानालाई आउट गर्दै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने नेपालको पहिलो खेलाडी बने ।

May be an image of 5 people, people playing sports, people standing and grass

अन्तिम बलमा विकेट निकाल्न करण लगायत सबैले फिल्डिङमा ध्यान दिएका थिए । स्लोअर बल फाल्दा पोकानाको ब्याटबाट हावामा उँडेको बल दिपेन्द्रको माथि पुग्यो । बल क्याच हुनु भन्दा पहिलेनै करणले सेलिब्रेट गरे ।

'दुई विकेट लिएपछि फिल्डिङमा ध्यान दिएका थियौं । फास्ट फाल्दा ब्याटरले बल रोक्छ भन्ने लाग्यो र स्लोअर फाल्ने निर्णय गरे । जे होस, अत्ताएर भएपनि आउट गर्नु पर्छ भन्ने लागेको थियो । फिल्डर दिपेन्द्र भएको कारण क्याच हुन भन्दा पहिले नै रमाएको थिएँ । अरु भएको भए हेर्न हुन्थ्यो तर दिपेन्द्र भएर सेलिब्रेट गरिसकेको थिएँ । मेरो अन्तर्राष्ट्रिय करिअर यो बेस्ट बलिङ फिगर हो । खुसी लागि रहेको छ मेरो लागि स्पेसल नै हो । आगामी दिनमा अझै ४/५ वटा प्रयास गर्छु' खेलपछि करणले भने, 'हामी ४/५ वर्ष देखि टी-ट्वान्टी मात्र खेल्दै आएका छौं । हाम्रो घरेलु प्रतियोगिता पनि टी-ट्वान्टी ढाँचामा छ । त्यही हिसाबले अभ्यास भएको हुन्छ, खेल खेल्दा अटोमेटिक टी-ट्वान्टीको मुड आउँछ । बलिङमा भेरियसन, सुरुवातमा कस्तो बल गर्ने, त्यो सबै अनुभबले गर्दा अन्तर्राष्ट्रियमा फाइदा भयो ।'  

खेलमा पहिलो २ र अन्तिम ३ विकेट लिएका करण प्लेयर अफ द म्याच बने । यसअघि करणले सिरिजको पहिलो खेलमा पीएनजीको अन्तिम २ विकेट लिँदै अलआउट गरेका थिए । अर्को खेलमा करणले मलेसियाविरुद्ध खेलको पहिलो बलमा विकेट लिँदै ३ बलमा ३ विकेट लिएका थिए तर त्यसलाई ह्याट्रिक भने मानिदैन ।

करण ६ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा प्लेयर अफ द म्याच घोषित हुने पहिलो नेपाली खेलाडी हुन् । यस्तै करणको २१ रन खर्चेर ५ विकेट लिएको बलिङ फिगर नेपाली बलर मध्यको उत्कृष्ट बलिङ फिगर हो ।

May be an image of 1 person, playing a sport and grass

नेपालले त्रिकोणात्मक सिरिजमा ३ खेलमा ३ जित निकाल्दै फाइनल प्रवेश गरेको छ । पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा मलेसियालाई ६ विकेट तथा बिहीबार पुन: पीएनजीलाई ३७ रनले पराजित गर्दा नेपाल एक खेल अगावै फाइनल पुगेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP