काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा टुसाल र ब्वाइज युनियनले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको ४७ औं मिनेटमा आदर्श लिम्बुले गोल गर्दै टुसाललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५६ औं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइजलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै टुसालले १० खेलमा १३ अंक जोडेको छ ।
ब्वाइजले १० खेलमा ९ अंक जोडेको छ ।