काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ ।
अघिल्लो वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।
नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । यस्तै बेल्जियम दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्।
इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।