• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
करणको ह्याट्रिक विकेट, नेपाल फाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, चैत १७, २०७८ खेलपाटी संवाददाता
करणको ह्याट्रिक विकेट, नेपाल फाइनलमा

काठमाडौं । आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

करण केसीले ह्याट्रिक विकेट लिएको खेलमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

यससँगै नेपालले आफ्नो ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा समेत निकालेको छ । टी-ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको आठ वर्षपछि नेपालले ५० औं  टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेको हो । नेपालले सन् २०१४ मा टी-ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको थियो । 

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

May be an image of 5 people, people playing sports, people standing, grass and text

पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा ९ चौका प्रहार गरे।

खराब सुरुवात गरेको पीएनजीलाई तेस्रो विकेटको लागि चार्ल्स र टोनी उराले ८४ रनको साझेदारी गरेपछि खेलमा फर्काएका थिए ।

२२ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै आक्रामक ४३ रन बनाएका टोनी उरालाई सोमपाल कामीको ओभरमा आउट भए।

पहिलो ओभरमा नेपालका करणले लेगा सिएकालाई आउट गर्दै बलिङमा राम्रो सुरुवात दिलाए । कारणले लेगालाई १ रनमा आउट गर्दा टी-ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे ।

सन्दीप लामिछानेपछि टी-ट्वान्टी अन्तराष्ट्रियमा ५० विकेट लिने करण पहिलो नेपाली खेलाडी बने ।

तेस्रो ओभरमा १३ रन बनाएको पीएनजीलाई करणले दोस्रो झट्का दिए । उनले कप्तान असद भालालाई १ रनमा आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाए । नोरमान भानुअले १७ रन बनाउँदा सेसे बाउले २५ रनको योगदान गरे। रिले हेकुरे ६ र चाड सोपर २ रनमा आउट भए ।  

नेपालको जितमा करणले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १९ औं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिएका थिए । ओभरको दोस्रो बलमा उनले चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाइलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गर्दै ह्याट्रिक पूरा गरे ।

यस्तै अविनास बोहरा र सोमपाल कामी समान २/२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट हात पारे ।  

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो । 

नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।

May be an image of 1 person, playing a sport and text

यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए ।

त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १/१ विकेट लिए ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।  

यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।

मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP