काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले फराकिलो जित निकालेको छ ।
चितवनको भरतपुरमा बिहीबार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले हराएको हो।
एपीएफको जितमा सावित्रा भण्डारीले ४ गोल गरिन् ।
यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक एक गोल गरिन् ।
अनिताले २४ औं मिनेटमा गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
४० औं मिनेटमा सरुले गोल गरेपछि एपीएफ २-० ले अघि रह्यो ।
खेलको ५२ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन ।
६६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए ।
खेलको ७५ औं मिनेटमा अनिताले गोल गरेपछि एपीएफ ५-० ले अघि रह्यो ।
खेलको ८० औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गरेपछि एपीएफ ७-० ले विजयी भयो ।
एपीएफको यो लगातार तेस्रो जित हो ।
जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।
वालिङ अंक विहीन रहदै पुछारमा रहेको छ ।