काठमाडौं । श्रीलंकाको फुटबल क्लब ब्लु स्टारको टोली बिहीबार अपरान्ह नेपाल आईपुगेका छन् ।
एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न ब्लु स्टार टोली नेपाल आईपुगेका हुन् ।
ब्लु स्टारले मछिन्द्रसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ।
यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो ।
यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ ।
अघिल्लो पटक मछिन्द्रको स्थानमा उपविजेता बनेको आर्मीले एएफसी कप खेलेको थियो ।