काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई डाकिएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २४ खेलाडी डाकिएको हो ।
नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई अटाएका छैनन् ।
फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन् ।
नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ ।

छनोटमा नेपाल समूह 'ए' मा रहेको छ ।
नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
प्रशिक्षणमा डाकिएका खेलाडी :
किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ