काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा खुमलटारले श्री भगवती क्लबलाई ४-२ गोल अन्तरले हराएको हो ।
खेलको २१ औं मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा सन्तोष केसीले गोल गर्दै श्री भगवतीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए ।
८३ औं मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३-१ को अग्रता दिलाए ।
खेलको ८९ औं मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता ४-१ को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा श्री भगवतीका राजु गुरुङले गोल गरेपनि खुमलटार ४-२ ले विजयी भयो ।
यस जितसँगै खुमलटारले १० खेलमा १५ अंक जोडेको छ।
श्री भगवतीले १० खेलमा १४ अंक जोडेको छ ।