सिमरा । १२ औं संस्करणको जीतपुर सिमरा गोल्डकप अन्तर्गत आज बुधबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
दोस्रो सेमिफाइनलमा मोफसल क्लब वागमती युथ क्लब र ए डिभिजन क्लब एपिएफबीच प्रतिस्पर्धा हुँदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५:३० बजे देखि सुरु हुनेछ ।
वागमती युथ क्लबले क्वाटरफाईनलमा संकटा क्लबलाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
ए डिभिजन क्लब एपिएफले हिमालयन शेर्पा क्लबलाई ३-२ गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
यस खेलको विजेताले न्युरोड टिम एनआरटीसँग उपाधिका लागि खेल्नेछ ।
पहिलो सेमिफाइनलमा आयोजक नव जन जागृती युवा क्लबलाई ३-२ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरिसकेको छ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्ने छन् ।