काठमाडौं । म्यानचेस्टर युनाईटेडका पूर्व स्ट्राइकर रुड भान निस्टलरोय डच क्लब पीएसभीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
पीएसभीले निस्टलरोयलाई २०२२/२३ को सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
डच स्ट्राइकर निस्टलरोय पहिलो पटक सिनियर टोलीको मुख्य प्रशिक्षक बनेका हुन् ।
पीएसभीका मुख्य प्रशिक्षक रोजरको सझौता यसै सिजनबाट सकिदैछ ।
उनको कार्यकाल सकिएपछि ४५ वर्षीय निस्टलरोयले पीएसभी सम्हाल्ने छन् ।