काठमाडौं । इंग्ल्यान्डका फरवार्ड मार्कस राषफोर्डलाई जातीय दुर्व्यवहार गर्नेलाई जेल सजाय सुनाईएको छ ।
द क्राउन प्रोसिक्युसन सर्भिसले राषफोर्डलाई दुर्व्यवहार गरेको आरोपमा जस्टिन ली प्राइसलाई जेल सजाय सुनाएको हो ।
१९ वर्षीय जस्टिनले समाजिक संजाल ट्वीटरमार्फत राषफोर्डलाई दुर्व्यवहार गरेका थिए ।
२०२१ को जुलाईमा युरोकपको फाइनलमा पेनाल्टीमा गोल गर्न असफल भएपछि राषफोर्डमाथि दुर्व्यवहार भएको थियो ।
इटालीविरुद्धको फाइनलमा म्यानचेस्टर युनाईटेडका राषफोर्डको पेनाल्टी पोस्टमा लागेर फर्किएको थियो ।
यस्तै जाडोन सान्चो र साका बाकुयोको पेनाल्टी प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेपछि इंग्ल्यान्ड उपविजेता बनेको थियो ।