• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कसिलो बलिङ अनि आसिफको इनिङ
खेलपाटी संवाददाता
बुधबार, चैत १६, २०७८ खेलपाटी संवाददाता
कसिलो बलिङ अनि आसिफको इनिङ

काठमाडौं । नेपालको कसिलो बलिङ र आसिफ शेखको अर्धशतकीय इनिङमा नेपालले त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा मलेसियालाई सहजै पराजित गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १३ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ नायक बने । उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकीय इनिङ खेलेपछि नेपालले सहज जित निकाल्न सफल भएको थियो ।

खराब सुरुवात गरेको नेपालले खेलको दोस्रो ओभरमा मात्र १ रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमाउन पुगेको थियो । चौंथो ओभरसम्म जम्मा २५ रन जोड्दा नेपालले रोहित पौडेललाई १२ रनमा गुमाएपछि नेपाल खेलमा पछि परेको थियो ।

तर, आसिफ र दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि ८ ओभर २ बलमा ७० रनको साझेदारी गरेपछि नेपालको जितको आधार तयार भएको थियो । आसिफले ३१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरे । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आफ्नो व्यक्तिगत सर्वाधिक रन बनाएका आसिफ सेइद अजिजको बलमा थर्ड म्यानमा रहेका आइनोल हफिजको हातबाट सहज क्याच भए ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक बनाएका आसिफ खेलको म्यान अफ द म्याच घोषित समेत भए । नेपाललाई जिताउन मुख्य भूमिका खेलेका आसिफले यद्दपी खेलमा अविजित रहँदै खेल जिताउन सकेनन् ।

नेपाली खेलाडीहरुले पछिल्लो खेलहरुमा ठुलो इनिङ खेलेपनि अविजित रहदै पेभेलियन फर्किन सकेका छैनन् । त्यसले नेपाल बलियो स्थितिबाट समेत पराजित भएको थुप्रै उदाहरण छन् ।

कप्तान सन्दीप लामिछानेले समेत आसिफको इनिङको तारिफ गर्दै खेलमा अविजित फर्किएको भए सुनमा सुगन्ध हुने बताए ।

'म्यानेजमेन्टले चाहेको जस्तै इनिङ आसिफले दिए । तर पनि मलाई लाग्छ उनले खेल सकेर फर्किनु पर्ने थियो । उनले खेल सकेर फर्किएको भए सुनमा सुगन्ध जस्तै हुन्थ्यो ।' खेलपछि सन्दीपले भने, 'मलाई विश्वास छ कि आसिफले यहाँबाट सिक्ने छन् किनकि यस्तो अवसर निकै थोरै आउने छ । मलाई विश्वास छ उनले यो जानीजानी गरेका छैनन् ।आसिफ अहिले लयमा फर्किएका छन् र म उनले स्वतन्त्र रुपमा खेलेको हेर्न चाहान्छु ।'

मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक

'फिनिस गर्ने कुरामा यदि ठुलो लक्ष्य छ भने आक्रामक खेल्नु पर्ने हुन्छ जुनमा जोखिम हुन्छ, जहाँ आउट हुने सम्भावना हुन्छ र रन पनि बनाउन सकिन्छ । तर आज आसिफको केसमा मलाई लाग्छ उनले खेल राम्रो तरिकाले सक्नु पर्ने थियो तर यो खेल हो यहाँ कहिलेकहिँ यस्तो हुन्छ,' सन्दीपले थपे ।

खेलमा दिपेन्द्र सिंह ऐरीले १७ बलमा २१ रन जोडे । १ छक्का र १ चौका प्रहार गरेका ऐरी नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लिए । ऐरीले पूर्व कप्तान पारस खड्काको ७ सय ९९ रनको कीर्तिमानलाई पछि पारे ।

 डेब्यु खेलाडी दिलिप नाथले आक्रामक इनिङ खेल्दै अन्त्यमा नेपाललाई जित दिलाए । उनले ७ बलमा ३ चौका प्रहार गर्दै १५ रनमा अविजित रहे । यस्तै कुशल मल्लले समेत ४ बलमा अविजित २ रनको योगदान गरे ।

मलेसियाका पवनदिप सिंहले २, मुहमद अमिर र सेइद अजिजले समान १/१ विकेट लिए ।

नेपालले सिरिजमा लगातार दोस्रो जित निकाल्दै फाइनल नजिक पुगेको छ । पहिले खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको थियो ।

मलेसियाले समेत पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दा नेपालविरुद्धको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको थियो । तर खेलको पहिलो बलमा करण केसीले खतरानक ब्याटर विरन्दिप सिंहलाई बोल्ड गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएपछि नेपाल खेलमा पूर्ण रुपमा हाबी रह्यो ।

टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेको खेलमा नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । खेलमा नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाललाई सहज जित हात परेको कप्तान सन्दीप लामिछानेले बताए ।

'बलरहरुले सुरु देखि नियमित अन्तरालमा विकेट पाइराख्नु र विकेट पनि आज सुख्खा भएको कारण बल बीच बीचमा रोकिएर आएको थियो । त्यसले गर्दा ब्याटिङ गर्न सजिलो पनि थिएन तर त्यति गारो पनि थिएन । श्रेय जति बलरलाई जान्छ, सुधार्नु पर्ने केहि कुरा भएपनि मलाई लाग्छ बलरहरुले आफ्नो तर्फबाट सबै समर्पित गरेका थिए,' सन्दीपले भन्छन्, 'विरन्दिपको विकेट सुरुवातमा लिनु हाम्रो लागि बोनस पोइन्ट रह्यो । त्यसबाहेक पनि खेलमा बलिङबाट खेलमा हावी हुने मौका भइरह्यो । बलिङमा जस्तै ब्याटिङमा पनि हावी हुन सक्यौं र १३ ओभर केहि बलमा लक्ष्य भेट्टाउनु आउने खेलको लागि राम्रो लक्षण हो र हामीले आज राम्रो अभ्यासको मौका पायौं ।'

टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल पहिलो पटक क्लिन स्विप भएको थियो ।

खराब नतिजाबाट आजित भएको नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दुई खेलमा दुई जित निकाल्दा खुसी छ र लिग चरणका सबै खेल जितेर फाइनल समेत जित्ने सबैको लक्ष्य रहेको सन्दीपले बताए ।

'सबैजना यहाँ हामी यो सिरिज जित्नको लागि छौं । सकेसम्म यो चारवटै खेल जितेर, हामी फाइनलमा गएर पनि जित्ने लक्ष्य छ । हामीले केहि कुरा पनि हलुका लिनु हुन्न किनकि हामी अझै फाइनल पुगेका छैनौं, कम्तिमा एक खेल जित्नु छ,' सन्दीपले भने ।

११ महिनापछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मलेसियाले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । नेपालसँग हार्नुको अघिल्लो दिन उसका दुई खेलाडीले अर्धशतक बनाउँदा एक खेलाडी ४७ रनमा आउट भएका थिए । पीएनजीविरुद्ध आक्रामक ब्याटिङ गरेकोक मलेसियाले नेपालमाथि ठुलो लक्ष्य दिने योजना नेपालका बलरहरुले विफल पारिदिए ।

नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियाका ४ खेलाडीले मात्र दोहोरो अंक छुन सके । २० ओभर ब्याटिङ गरेको मलेसियाले ८ विकेट गुमाएर मात्र १ सय १४ रन बनायो । उसका जुबाइदी जुल्किफलले ३२, अहमद फाजीले २४, सेइद अजिजले १४ र मुहमद अमिरले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मलेसियालाई सस्तैमा रोक्न करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए । अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।

डबल राउण्ड रोबिनमा हुने सिरिजको तेस्रो खेलमा नेपालले बिहीबार पीएनजीसँग खेल्नेछ । नेपालले पीएनजीलाई पराजित गरे एक खेल अगावै नेपाल फाइनल पुग्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP