पोखरा । लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आयोजना हुने ऐतिहासिक चैत्र दशैं मेलामा महिअल र पुरुषको फुटबल हुने भएको छ ।
क्रियटिभ युथ कलबको आयोजनामा हुने मेला आगामी २२ देखि २७ गतेसम्म हुनेछ ।
मेलाको मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगिता हुनेछ ।
क्लबका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक चन्द्र प्रसाद गुरुङका अनुसार पुरुष फुटबल तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजार प्रदान गरिनेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८० हजार प्रदान गरिनेछ ।
त्यसैगरी महिला तर्फको विजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजारले पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार दोस्रो हुने टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गर्नेछ ।
पुरुषतर्फ प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडी र सर्वाधिक गोलकर्तालाई ट्रफी सहित जनही ५÷५ हजार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
उनले पुरुष तर्फ टिम दर्ता शुल्क ७ हजार रुपैया निर्धारण गरिएको बताउदै महिलातर्फ भने कुनै शुल्क नलाग्ने बताए । उक्त प्रतियोगितामा स्थानीय स्तरका खेलाडीहरुले समेत भाग लिने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । उनका अनुसार क्लबले खेलकुदको क्षेत्रमा सामाजिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।
सो फुटबल प्रतियोगितामा पुरुष तर्फ अनुमानित ४० टिम र महिला तर्फ १० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । एक हप्ता सञ्चालन हुने सो मेलामा छेलो प्रतियोगिता र तमु समुदायमा आधारित विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको आयोजकले जनाएको छ ।