काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।
चितवनको भरतपुरमा बुधबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले हराएको हो।
खेलको १३ औं मिनेटमा निरु थापाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन ।
७० औं मिनेटमा पुनम जर्गा मगरले गोल गर्दै आर्मीलाई १-१ को बराबरीमा ल्याईन ।
त्यसपछि खेलको ७४ औं मिनेटमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई २-१ को जित दिलाईन ।
जितसँगै पुलिसले ३ खेलमा ६ अंक जोडेको छ ।
पुलिस तेस्रो स्थानमा रहेको छ ।
आर्मी ३ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।