काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा बाँसबारीले सामाजिक युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
बाँसबारीको जितमा सौरभ कार्कीले निर्णायक गोल गरे ।
उनले खेलको ८८ औं मिनेटमा गोल गरे ।
यस जितसँगै बाँसबारीले १० खेलमा १६ अंक जोडेको छ।
बाँसबारी दोस्रो स्थानमा उक्लिएको छ ।
सामाजिकले १० खेलमा १० अंक जोडेको छ ।