काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।
चितवनको भरतपुरमा बुधबार भएको खेलमा चन्द्रपुर र विराटनगरले १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ४१ औं मिनेटमा मिना खातुनले गोल गर्दै विराटनगरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५४ औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई १-१ गोलको बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।
यस बराबरीसँगै चन्द्रपुरले ३ खेलमा १ अंक जोडेको छ ।
विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।
लिगमा ८ टिमको सहभागिता रहेको छ ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गरिरहेका छन् ।