काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मध्यपुरले विरगंज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
मध्यपुरको जितमा आशिक गुरुङले निर्णायक गोल गरे ।
उनले खेलको ८५ औं मिनेटमा गोल गरेका हुन् ।
यस जितसँगै मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ।
विरगंजले १० खेलमा १० अंक जोडेको छ ।