काठमाडौं । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुर र भुटनदेवि युवा क्लबको संयुक्त आयोजनामा भएको खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता सुरु भएको छ ।
हेटौँडा—४ हुप्राचौरमा भएको प्रतियोगिताको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरे ।
२४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २६ हजार सहित सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले खेलकुद एक अनुशासित हुनै पर्ने क्षेत्र रहेकाले विना अनुशासन खेलाडी हुन नसक्ने धारणा राखे। खेलकुदले देशविदेश चिनाउने देखि स्वास्थ्य बन्न समेत सहयोग गर्ने भन्दै खेल खेलकुदलाई निरन्तरता दिन आग्रह गरे ।
संस्थाले स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउनुका साथै आन्तरिक खेलकुदको विकासमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको महासंघ जिल्ला कमिटि मकवानपुरका अध्यक्ष सविन लामाले बताए ।