काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम आरसिटीलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको ५२ औं मिनेटमा कुबेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई २-० को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा चर्च ब्वाइजका आशिष पेनाल्टी गोल गर्न चुकेका थिए ।
यस जितसँगै चर्च ब्वाइजले १० खेलमा २० अंक जोडेको छ।
आरसिटी १० खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।