सिमरा । १२ औं संस्करणको जीतपुर सिमरा गोल्डकप अन्तर्गत आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ ।
पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब र ए डिभिजन क्लब एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५:३० बजे देखि सुरु हुनेछ ।
आयोजक नव जनजागृति युवा क्लबले क्वाटरफाईनलमा सुदूरपश्चिम ११ क्लबलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
ए डिभिजन क्लब एनआरटीले मोफसल क्लब विजय युथ क्लबलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
यसअघि मंगलबार भएको खेलमा संकटालाई पराजित गर्दै बागमती युथ क्लब गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुनेछ ।