काठमाडौं । फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको हो।
ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे । लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल थपे ।
खेलको २४ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको ६६ औं मिनेटमा ब्रुनोले गोल गरेपछि ब्राजिलको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए ।
जितसँगै ब्राजिलले १७ खेलमा ४५ अंक जोडेको छ ।
ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको छ ।
ब्राजिलले यस अघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।
बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा पेरुले पाराग्वेलाई २-० ले हराएको छ ।
उरुग्वेले चिलीलाई २-० ले नै हराएको छ ।
कोलम्बियाले भेनेजुएलामाथि १-० को जित निकालेको छ ।