काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा फ्रान्सले दक्षिण अफ्रीकालाई ५-० ले हराएको हो ।
फ्रान्सको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।
यस्तै ओलिभर जेरुड र विसम बेन एड्डरले एक एक गोल गरे ।

मैत्रीपूर्ण अन्तर्गत नै इटालीले टर्कीलाई ३-२ ले हराएको छ ।
इटालीको जितमा रास्पडोरीले दुई गोल गरे ।
ब्रायन क्रिस्टान्टेले एक गोल थपे ।
टर्कीका सेन्गिज अन्डर र सर्दार दुर्सुनले एक एक गोल फर्काए ।