काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा स्पेनले आइसल्याण्डलाई ५-० गोल अन्तरले हराएको हो ।
स्पेनको जितमा अल्भारो मोराटा र पाब्लो सराबियाले दुई दुई गोल गरे ।
येरिमी पिनोले एक गोल थपे ।
मैत्रीपूर्ण खेलमै जर्मनी भने बराबरीमा रोकिएको छ ।
जर्मनीले नेदरल्यान्ड्ससँग १-१ गोलको बराबरी खेलेको हो ।
यस्तै बेल्जियमले बेल्जियमले बुर्किना फासोलाई ३-० ले हराएको छ ।