काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आइभरी कोस्टलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले आइभरी कोस्टलाई ३-० ले हराएको हो ।
खेलको ३० औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
४० औं मिनेटमा सेर्जी एरिएरले रातो कार्ड पाएपछि आइभरी कोस्ट १० खेलाडीमा समेटिएको थियो ।
४५ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा मिङ्सले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।
मैत्रीपूर्ण खेलमै डेनमार्कले सर्बियालाई ३-० ले हराएको छ ।
वेल्सले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको छ ।