स्विडेनलाई हराउँदै पोल्याण्ड विश्वकपमा छनोट
बुधबार, चैत १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । पोल्याण्ड कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।
यूईएफए छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा स्विडेनलाई २-० गोल अन्तरले हराउँदै पोल्याण्डले विश्वकपको टिकट काटेको हो ।
पोल्याण्डलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र पिओट्र जेलिनिस्कीले एक एक गोल गरे ।
खेलको ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा जेलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २-० को जित दिलाए ।
स्विडेनलाई हराउँदै पोल्याण्ड विश्वकपमा छनोट















