पोर्चुगल विश्वकपमा छनोट
मंगलबार, १५ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।
यूईएफए छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले हराउँदै पोर्चुगलले विश्वकपको यात्रा तय गरेको हो ।
पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।
खेलको ३२ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।
पोर्चुगल लगातार छैटौं पटक विश्वकपमा छनोट भएको हो ।
पोर्चुगल विश्वकपमा छनोट







-1775701512962.webp&w=3840&q=75)





