इटहरी गोल्डकप : उद्घाटनमा आर्मी र आयोजक भिड्ने

फाइल तस्बिर
इलाम । १२ औं संस्करणको इटहरी गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने भएका छन् ।
इटहरी रंगशालामा चैत्र १९ गतेबाट हुने प्रतियोगितामा घरेलु टोलीले उपाधिको दावेदार आर्मीलाई पहिलो खेलमा प्रतिद्वन्दी पाएको हो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम (एनआरटी), रोलिङ क्लब झापा, सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन्।
प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने छन्।

चैत २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलइडी टिभी हात पार्नेछ।
प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ।
यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो।
प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।








-1775701512962.webp&w=3840&q=75)





