संकटालाई हराउँदै बागमती सेमिफाइनलमा

नवराज चौलागाईं
निजगढ। बागमती युवा क्लब जीतपुरसिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा साविक विजेता संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै बाग्मती अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । तर, अतिरिक्त समयको २७ औं मिनेटमा अनिल राना मगरले गोल गर्दै बाग्मतीलाई जित दिलाए । संकटाले बागमतीलाई दबाबमा राखेपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै खेल दौरान खेलाडीहरुबीच विवाद हुँदा अपशब्द प्रयोग गरेको भन्दै रेफ्रीले दुबै टिमका प्रशिक्षकलाई रातो कार्ड दिएका थिए ।
खेलको म्यान अफ द म्याच बागमतीका आभिशेष वाईबा घोषित भए । म्यान अफ द म्याच घोषित अभिशेषले पाँच हजार रुपैंयाँ प्राप्त गरे ।
अब पहिलो सेमिफाइनलमा बुधबार आयोजक नवजनजागृति युवा क्लव सिमरा बारा र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।







-1775701512962.webp&w=3840&q=75)





