नवजनजागृती सेमिफाइनलमा

नवराज चौलागाईं
निजगढ । नवजनजागृती युवा क्लब सिमरा बारा निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा हरिवन युवा क्लब सर्लाहिलाई ३-१ गोल अन्तरले पराजित गर्दै नवजनजागृती सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा हरिवन बाहिरिएको हो । नवौं मिनेटमा सन्तोष राईले गोल गर्दै हरिवनलाई अग्रता दिलाएका थिए । तर, ११ औं मिनेटमा नवजनजागृती युवा क्लवका प्रज्वल थापाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
२१ औं मिनेटमा प्रज्वलको व्यक्तिगत दोश्रो गोलको मद्धतमा नवजनजागृतिले खेलमा २-१ को अग्रता बनायो ।
खेलको ३२ औं मिनेटमा हरिवनले पेनाल्टी प्राप्र गर्दै खेललाई बराबरी गर्ने अवसर प्ताप्त गरेको थियो । तर, हरिवनका सुदिप मगर पेनाल्टीमा गोल गर्न चुके ।
त्यसपछि खेलको ४२ औं मिनेटमा हरिवनको कमजोर डिफेन्स लाईनको मौका उठाउदै नवजनजागृतिका सामुएल सुनार गोल गर्न सफल भए । सामुएलको गोलसँगै नवजनजागृतिले हरिवनमाथी ३-१ को जित निकाल्यो ।
खेलको म्यान अफ द म्याच नवजनजागृतिका सामुएल सुनार घोषित भए । म्यान अफ द म्याच घोषित सुनारले दुई हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार देखि सेमिफाइनलका खेलहरु शुरु हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल खेलकुद क्लव रौतहट र निजगढ बिच प्रतिस्पर्धा हुनेछ ।







-1775701512962.webp&w=3840&q=75)





