युएईसँग हार्यो दक्षिण कोरिया
मंगलबार, १५ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोटमा युएईले दक्षिण कोरियालाई हराएको छ ।
एएफसी छनोट अन्तर्गत मंगलबार भएको खेलमा युएईले दक्षिण कोरियालाई १-० ले हराएको हो ।
युएईलाई जित दिलाउन हरिब अब्दल्ला सुहेलले निर्णायक गोल गरे ।
उनले खेलको ५४ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै समूह ए को युएईले १० खेलमा १२ अंक जोडेको छ ।
युएई तेस्रो स्थानमा रहेको छ ।
युएईले छनोटको प्ले अफ अन्तर्गत अष्ट्रेलियासँगको भेट समेत पक्का गरेको छ ।
दक्षिण कोरिया २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
दक्षिण कोरिया यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
अर्को खेलमा इरानले लेबनानलाई २-० ले हराएको छ ।
इराक र सिरिया १-१ गोलको बराबरीमा रोकिएको छ ।
युएईसँग हार्यो दक्षिण कोरिया







-1775701512962.webp&w=3840&q=75)





