काठमाडौं । फिफा विश्वकप छनोटमा जापान बराबरीमा रोकिएको छ ।
एएफसी छनोट अन्तर्गत मंगलबार जापानले भियतनामसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको १९ औं मिनेटमा एनग्युएन थान्ह बिन्हले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५४ औं मिनेटमा माया योशिदाले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै जापानले १० खेलमा २२ अंक जोडेको छ ।
जापान शीर्ष स्थानमा रहेको छ ।
जापान यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
भियतनाम ४ अंक जोडेर पुछारमा रहेको छ ।