काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा झम्सिखेल युथ क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा झम्सिखेलले श्री कुमारी युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको २६ औं मिनेटमा अरुज सिंहले पेनाल्टीबाट गोल गर्दै श्री कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा आशिष कपालीले गोल गर्दै झम्सिखेललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा अबरिल रिजालले गोल गर्दै झम्सिखेललाई २-१ को जित दिलाए ।
जितसँगै झम्सिखेलले १० खेलमा ९ अंक जोडेको छ।
श्री कुमारीले १३ अंक जोडेको छ ।