इलाम । मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ क्लब दार्जिलिङलाई १-० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
मनाङलाई जित दिलाउन आफिज ओलावाले निर्णायक गोल गरे । उनले २९ औं मिनेटमा कमल श्रेष्ठको पासमा हेडरमार्फत गोल गरेका थिए ।

अब मनाङले उपाधिका लागि नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिए ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।