काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्वाइजले सरस्वती युथ क्लबलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको १५ औं मिनेटमा इन्सन राईले गोल गर्दै ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४४ औं मिनेटमा सबिन खड्काले पेनाल्टीबाट गोल गर्दै सरस्वतीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६६ औं मिनेटमा अविनाश थापाले गोल गर्दै सरस्वतीलाई २-१ को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा शरद कुमार क्षेत्रीले गोल गर्दै ब्वाइजलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मिलन लिम्बुले गोल गर्दै ब्वाइजलाई ३-२ को जित दिलाए ।
जितसँगै ब्वाइजले ९ खेलमा ८ अंक जोडेको छ।
ब्वाइज पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
सरस्वती १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।